वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रावा बैंकको दुइ शाखा पुनस्र्थापना

अर्थटुडे
२०७१ असार ११, बुधबार

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले सुनसरीको दुहवीमा र मोरङको सिजुवामा आफ्नो शाखा पुनस्र्थापना गरेको छ । बुधबार ति दुइ शाखाको पुनस्र्थापनाको उद्घाटन अर्थमन्त्री डा.रामशरण महतले गरेका हुन् । ति दुई शाखा सहित बैंकको शाखा संख्या १५० वटा पुगेको छ ।

rbbशाखा उद्घाटन गर्दै अर्थमन्त्री डा.महतले सरकारले लागू गरेको वित्तीय क्षेत्र सुधार कार्यक्रमबाट राष्ट्रिय बाणिज्य बैंकको समग्र अवस्थामा सुधार आएको र आगामी दिनमा यस बैंकले देशको समग्र आर्थिक सामाजिक विकासमा सशक्त भूमिका निर्वाह गर्नुपर्ने वताए ।

राष्ट्रिय वाणिज्य बैंकले देशभरका ६५ जिल्लामा कुनै पनि शाखा बैंकिंग सेवा (एविविएस) सहितका १५० शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकका १० वटा काउन्टर, ९ वटा शाखारहित बैंकिङ सेवा छन् । बैंकका १७ लाखभन्दा बढी ग्र्राहकलाई सेवा पु¥याउदै आएको बैंकले जनाएको छ ।

बैकका ८० स्थानमा आफनै एटिएम आउटलेट रहेका छन् । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अन्तसम्ममा ९९ अर्ब ५४ करोड निक्षेप संकलन गरेको छ भने कर्जा ५३ अर्ब ४९ करोड प्रवाह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ