काठमाडौं । एकसातापछि सेयर बजार परिसुचक ९.५६ अंकले बृद्धि भएको छ । अघिल्लो साताभर नेप्से घटेको थियो । यसदिन बैंकिङ १३.८ र बिमा ५७.६९ अंकले उक्लिँदा बजार परिसुचक बृद्धि भएको हो । अन्य सुचक पनि यसदिन ४.७ अंकले बढेको छ । होटल, जलविद्युत र उत्पादनमूलक क्षेत्र भने आइतबार पनि स्थिर रह्यो ।
त्यस्तै आइतबार १३२ कम्पनीको ९३ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसदिन सवैभन्दा बढी नेपाल बंगलादेश बैंकको १४ करोड १९ लाख र एनआइसी एसियाको ११ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।एनआइसीले आइतबार हकप्रद सेयर निस्कासन गर्ने तालिका प्रकासन गरेसँगै यस बैंकको बढी कारोबार भएको हो ।
त्यस्तै बढी कारोबार हुने अन्य कम्पनीहरुमा नबिल बैंक संस्थापक सेयर सात करोड चार लाख, सिटिजन्स बैंक पाँच करोड र नबिल साधारण तीन करोड ८७ लाख रुपैयाँ रहेको छ ।
बढी कारोबार हुने १० कम्पनीको सुचीमा एभरेष्ट बैंक, ग्लोबल आइएमइ, सानिमा र हिमालयन बैंक छन् । त्यस्तै सवैभन्दा बढी कमाउने कम्पनीहरुमा रिलायन्स डेभलपमेन्ट बैंक, हामा मर्चेन्ट, काँक्रेविहार र युनिक फाइनान्स रहेका छन् । यी कम्पनीहरुको १० प्रतिशतले मुल्य बृद्धि भएको छ ।
प्रतिक्रिया