वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिमरामा सहकारी डेरी पसल सुरु

अर्थटुडे
२०७१ असार १२, बिहीबार

काठमाडौं । बाराको सिमरामा विहिबारदेखि सहकारी डेरी पसल सञ्चालनमा आएको छ । डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाले आफनो उत्पादनको विक्री केन्द्रको रुपमा सिमरामा दुग्ध पदार्थ विक्री आरम्भ गरेको हो । संस्थाले आफ्नो कारखानाबाट उत्पादन गरेको आइसक्रिम, पनिर, दही र दुधलगायत पसलबाट विक्री गर्नेछ ।

sahakari dairy
सहकारी डेरी पसलको उदघाटन गर्दै जिल्ला पशु सेवा कार्यालय बाराका प्रमुख डा. नारायण श्रेष्ठले मुलुकलाई दुध र दुग्धजन्य पदार्थबाट आत्मनिर्भर बनाउन सहकारी अभियानले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले डुमरवाना सहकारीले दुग्ध परिकारको कारखाना सञ्चालन र विक्रीले यस भेगको आर्थिक क्रियाकलापमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

संस्थाले करीव १ हजार ३ सय सदस्यहरुबाट दैनिक ५ हजार दुध संकलन र वार्षिक सात करोडको कारोवार गरिरहेको छ । संस्थाले सदस्यहरुबाट दुध संकलन, पशुपालनका लागि कर्जा लगानी, उन्नत नश्लको पशु, दाना, बिमा र अन्य सेवा पु¥याई रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ