वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जलविद्युत् लगानी तथा विकास कम्पनीको सेयर प्रमाणपत्र वितरण सुरु, सेयर निष्कासन भएको ४ महिनापछि मात्र प्रमाणपत्र

अर्थटुडे
२०७३ बैशाख २७, सोमबार

काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनीको सेयर प्रमाणपत्र सेयर निष्कासन भएको ४ महिनापछि सोमबारबाट सुरु भएको छ । कम्पनीले सेयर निस्कासन गरेको दुई महिनापछि पुस २९ मा सेयर बाँडफाँड गरेको थियो भने त्यसको दुई महिनापछि मात्र सेयर प्रमाणपत्र वितरण सुरु गरेको हो ।jalbidyut

कम्पनीको सेयर निष्कासन तथा विक्रि प्रबन्धक रहेको नागरिक लगानीकोषका अनुसार सेयर प्रमाणपत्र वितरण भइसकेपछि एक डेढ महिनामै सेयर सूचीकृत हुने जनाएको छ । सेयरधनीले प्रमाणपत्र लिन वाँडफाँडपत्रसँगै नागरिकताको प्रतिलिपी पनि लैजानु पर्छ । सेयर प्रमाणपत्र लिन आवेदकले आवेदन केन्द्रमै जानुपर्ने छ ।
प्रमाणपत्र लिइसकेपछि त्यसलाई आफ्नो डिम्याट खाता भएको निक्षेप सदस्यकोमा गई डिम्याट गराउनुपर्नेछ । तोकिएको ढाँचामा ‘डिपोजिट पेपर’ भरी सेयर प्रमाणपत्र निक्षेप सदस्यकोमा छोड्नुपर्छ। निक्षेप सदस्यले कागजी प्रमाणपत्रलाई अभौतिक रुपमा लगानीकर्ताको डिम्याट खातामा जम्मा गर्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ