वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु मनि ट्रान्सफरले कारोबारको लागि प्रोग्रेसिभ र सहयात्रा माइक्रोफाइनान्सविच सम्झौता

अर्थटुडे
२०७३ बैशाख २८, मंगलवार

काठमाडौं । प्रभु मनि ट्रान्सफर प्रा.लि र प्रोग्रेशिभ फाइनान्सबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतामा प्रभुमनि ट्रान्सफरका नायव महाप्रवन्धक रामेश्वर सापकोटा तथा प्रोग्रेशिभ फाइनान्सका कार्यकारी प्रमुख विशाल हुमागाइले हस्ताक्षर गरे ।prabhu-logo

आगामी सातादेखि प्रोग्रेशिभ फाइनान्सको काठमाडौंस्थित पाको न्युरोड तथा काभ्रेको उग्रतारा पुल बजारमा रहेका शाखाहरुवाट कारोबार हुने भएको छ ।

त्यसैगरी प्रभू मनी ट्रान्सफरले महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थासगँ पनि सम्झौता गरेको छ । त्यस्तै सम्झौतापत्रमा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा.सुमित्रा मानन्धर गुरुङले हस्ताक्षार गरिन् ।

मकवानपुरको चित्लाङमा प्रधान कार्यालय रहेको वित्तिय संस्थाको मकवानपुर, ललितपुर, नुवाकोट, रोल्पा, रुकुम, सल्यान र दोलखा गरी ८ जिल्लाका दुर्गम गाउँहरुमा शाखा छन् । सम्झौतापछि त्यस क्षेत्रमा प्रभुको रेमिट्यान्स सुविधा विस्तार कम्पनीले प्रेस विज्ञप्ति मार्फत भनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ