वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिद्धार्थ डेभलपमेन्ट १५ औं बर्षमा

अर्थटुडे
२०७१ असार १२, बिहीबार

काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले १५ औं वर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सबको अबसरमा बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रमा वृक्षारोपण गरेको छ । वार्षिक उत्सवकै अवसरमा बैकले बुटवलमा एटीएमबाट सेवा बिस्तार गरेको छ ।

sdbl

वृक्षारोपण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री महेश शर्मा ढकाल ।

बैंकले बार्षिकोत्सवको अवसर पारेर पाल्पाको मदनपोखरामा रहेको दमकडा उच्च माध्यमिक बिद्यालयका कक्षा १ देखि १० सम्ममा अध्ययनरत दृष्टिबिहिन बिद्यार्थीहरुको लागी २० हजार रुपैया आर्थिक सहयोग समेत प्रदान गरेको जनाएको छ ।
६४ करोड ५० लाख पुँजी रहेको बैंकको निक्षेप ५ अर्ब ९१ करोड संकलन गरी ४ अर्ब ६५ करोड कर्जा लगानी गरेको छ । बैंकको हाल देशका बिभिन्न शहरमा १८ वटा शाखाहरु रहेका छन भने बैंकको आफ्नै एसडिबिएल रेमिटको माध्यमबाट देशभरको ७० जिल्लामा ८ सय ५० भुक्तानी काउण्टरबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ