काठमाडौं । सेयर बजारमा परिसुचक मंगलबार झिनो अंकले सुधार आएको छ । बिमा सुचक १९१ अंकले बढ्ेको तर बैंकिङ आठ अंकले घटेका कारण बजार झिनो अंकले मात्र बढेको हो । अन्य सुचक स्थिर रह्यो भने होटल १८, जलविद्युत २.४३ र उत्पादनमूलक २९ अंकले बढेको छ । विकास बैंक र फाइनान्स भने घटेका छन् ।
यसदिन १३४ कम्पनीका १९ लाख १० हजार ६५८ कित्ता सेयर एक अर्ब सात करोड रुपैयाँमा किनबेच भएको छ । दुई दिन दोहोरो अंकले बढेको बजारमा मंगलबार १.१४ अंकले बढेर बजार बन्द भएको छ ।
यसदिन नेपाल बैंकको मात्र सात करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनवेच भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसनको ६ करोड २९ लाख रुपैयाँ र एनबी बैकको ६ करोडको किनबेच भएको छ । त्यसैगरी पाँ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने कम्पनीहरुमा एनआइसी एसिया र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।
मंगलबार लाइफ इन्स्योरेन्स कर्पोरेसन, काँक्रेविहार, लुम्बनी फाइनान्स र एनआइडिसी क्यापिटल, शिखर इन्स्योरेन्स, नमस्ते वित्तीय संस्था, लुम्बिनी इन्स्योरेन्स र हामा मर्चेन्टका लगानीकर्ताले कमाएका छन् ।
यसदिनको कुल कारोबारमध्ये चार करोड चार लाख ३७ हजार रुपैयाँको म्यानुअल किनबेच भएको छ ।
प्रतिक्रिया