काठमाडौं । ललितपुरमा निर्माण भएको खानीखोला जलविद्युत आयोजनाको नौ करोड ३१ लाख रुपैयाँ साधारण सेयर जारी हुने भएको छ । सो आयोजनाले जेठ महिनामै सार्वजनि निष्कासन गर्ने तयारी गरीरहेको छ ।
वैशाख अन्तिममा नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई सेयर निष्काशन अनुमति दिएको हो । बोर्डले नौ लाख ३१ हजार कित्ता साधारण सेयर निष्काशन गर्न कम्पनीलाई अनुमति दिएको हो ।
कम्पनी सेयर निष्काशनका लागि सिभिल क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । उसले सामूहिक लगानी कोषहरुलाई सेयर किन्न पत्र पठाइसकेको छ । जेठमै सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्ने योजना रहेको छ ।
गत मंसिरमा आयोजना प्रभावित बासिन्दाको लागि सेयर निष्कासन गरिएको थियो । सो आयोजनाबाट ६ मेगावाट विद्युत उत्पादन हुनेछ । उत्पादनको परिक्षण भइसकेको छ ।
प्रशारण लाइन निर्माण नबनेको कारण उत्पादन केही ढिला भएको हो । तत्कालका लागि यो आयोजनाबाट उत्पादित विद्युत थानकोटमा ल्याएर सबस्टेशनमा जोड्ने योजना नेपाल विद्यूत प्राधिकरणले बनाएको छ । सो आयोजना ललितपुरको भट्टेडाँडा नजिकै निर्माण भएको हो ।
प्रतिक्रिया