काठमाडौं । गत सातादेखि घटेको बजार मंगलबार देखि दोहोरो अंकले फेरी बढ्न थालेको छ । बुधबार पनि बजार १२.७३ अंकले बढेर १४९६ अंकमा अडिएको छ । मंगलबार पनि बजार दोहोरो अंकले बढेको थियो । बजारको बृद्धिसँगै कारोबार रकम पनि बढेको छ । यसदिन १३६ कम्पनीको एक अर्ब दुई करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
यसदिन अन्य र उत्पादनमूलक घटेपनि बाँकी सबै बढेका छन् । बुधबार बिमा १०९.५२ अंक, बैंकिङ १५.२७ अंक र होटल समूह साढे १६ अंकले उक्लिएको छ । डेभलपमेन्ट बैंक, जलविद्युत र फाइनान्स समूहको परिसुचक क्रमशः २.२७, ८.८८ र ५.८२ अंकले बढेको छ ।
मंगलबार सबैभन्दा वढि कारोबार नेशनल लाइफको १५ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने एनबी बैंकको ६ करोड १७ लाख, एनएमबी चार करोड ५५ लाख र सानिमा बैंक चार करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
बुधबार कावेली विकास, तारगाउँ रिजेन्सी, प्यासिफिक डेभलपमेन्ट र ओमी माइक्रो फाइनान्सका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा कमाएका छन् । त्यस्तै बुधबारको शेयरबजारमा साझा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन।
प्रतिक्रिया