वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपत्यकामा ३१ किमि सडक विस्तार

अर्थटुडे
२०७१ जेष्ठ १८, आईतवार

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा ३१ दशमलव ४५ किमि सडक विस्तार गरेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले काठमाडौं जिल्लामा चैत मसान्तसम्ममा उक्त लम्बाइका विभिन्न सडक विस्तार गरेको बताइएको छ ।

प्रधानमन्त्री कार्यलयमा प्रगति समीक्षा गर्दै अघिल्लो आर्थिक ६३ किमि र आव २०६८\६९ मा ५१ दशमलव २९ किमि सडक विस्तार गरिसकेको जनाएको छ । आयोजनाले ५६ दशमलव ५ किमि थप विस्तार गर्न घर, टहरा पर्खाललगायतस्थानमा चिह्न लगाइसकेको र अरु ७३ किमि विस्तारका लागि रेखाङ्कन गर्ने तयारी भइरहेको जनाएको छ । समयमा नै क्षतिपूर्ति रकम निकासा नहुँदा लक्ष्यअनुसार प्रगति नभएको र स्थानीयवासीमा पनि सडक विस्तारप्रति निरास छाएको गुनासो आयोजनाका कर्मचारीले बैठकमा गरेका थिए ।

विस्तारित सडकमध्ये माइतीघर–तीनकुने, लैनचौर–नारायणगोपाल चोक, डिल्लीबजार–शीतल निवास, जावलाखेल–पाटन अस्पताल, सातदोबाटो–हात्तीवन–धापाखेल, कमलपोखरी–मैतीदेवीचोक–नयाँ नारायणचौरमा सहरी सौन्दर्य एवम् हरियाली कायम गर्ने योजनालाई चाँडै कार्यान्वयन गर्ने आयोजनाका प्रमुख आयुक्त योगेश्वर पराजुलीले जानकारी दिए ।

नोभेम्बरमा काठमाडौँमा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अठारौं शिखर सम्मेलनलाई दृष्टिगत गरी आयोजनाले पहिलोचरणमा माइतीघर–तीनकुने सडक खण्डमा सहरी सौन्दर्य कार्यक्रम कार्यान्वयन गर्ने प्रमुख आयुक्त पराजुलीले बताए । सडक विस्तारको काम युद्धस्तरमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिँदै संयोजक बाँस्कोटाले बजेट निकासमा कुनै समस्या नहुने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ