वि.सं. २०८१ चैत्र ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजेटले पुँजीबजारलाई प्रभाव पार्न सक्ने अनुमानका भरमा बढ्यो नेप्से, आइतबारको रेकर्ड तोडियो

अर्थटुडे
२०७३ जेष्ठ १०, सोमबार

काठमाडौं । आइतबार बनेको रेकर्ड तोड्दै नेप्सेले सोमबार पनि तीनवटै विषयमा नयाँ रेकर्ड बताएको छ । सोमबार पनि कारोबार, नेप्से परिसूचक र इन्स्योरेन्स समूहको सूचकले नयाँ रेकर्ड बनाए ।nep(13)

यसदिन नेप्से परिसूचक १४.६८ अंकले बढेर १५२४.०७ अंकमा पुग्यो भने कारोबार एक अर्व ४४ करोड ५१ लाख रुपैयाँ भन्दा धेरैको किनवेच भयो । यसदिन इन्स्योरेन्स समूहको पनि कारोबार ६८ करोड ७१ लाख रुपैयाँको सेयर किनवेच भयो ।

आइतबार नेप्से १५ सय नँै अंकमा अडिएको थियो भने कारोबार एक अर्ब २४ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको थियो ।  बजारलाई बीमा समूहले बढ्न मद्धत गरेको हो । यो समूहको सोमबार ६८ करोड ७१ लाख रुपैयाँको सेयर किनबेच भएपछि बजार यसरी उचालिएको हो । बीमा समूहको सूचक यो दिन २६१ अंकले बढ्यो ।

त्यसैगरी बैंकिङ समूहकोे सूचक १० अंकले बढ्यो । बैंकिङ समूहको ४८ करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । तेस्रो स्थानमा विकास बैंक समूहको कारोबार भयो । यो समूहको १४ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भयो । यसदिन जलविद्युत, फाइनान्स र अन्य समूहको परिसुचक भने घटेको छ । जलविद्युतको १०.४७, फाइनान्सको २.४५ र अन्यको २.३४ अंकले घटेको छ ।
सरकारले यही जेठ १५ गते बजेट प्रस्तुत गर्ने र बजेटले समेट्ने कार्यक्रमले धितोपत्र बजारमा प्रभाव पार्ने अनुमानका भरमा सेयर बजार उछालिएको सेयर विष्लेषकहरुको भनाइ रहेको छ । यस बेला केही ठूला लगानीकर्ता सेयर बेच्न तयार भएका छन ।

सोमबार सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्सको कारोबार भयो । यो बीमा कम्पनीको मात्रै आठ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भयो भने दोस्रो स्थानमा नेपाल बंगलादेश बैंकको सेयर किनबेच भयो । यो बैंकको सात करोड आठ लाख रुपैयाँको सेयर किनबेच भयो । नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफको पुडेन्डेन्सियल इन्स्योरेन्सको सेयर पाँच करोड भन्दा माथि कारोबार हुने संस्था हुन् ।

कारोबार भएका एक सय ३५ मध्ये ८६ वटा कम्पनीको सेयर मूल्य बढ्यो । सिनर्जी फाइनान्स, युनिक फाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर लिमिटेड र हामा फाइनान्सका लगानीकर्ता धेरै गुमाउनेमा परेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ