वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेले माग्यो प्रुडेन्सियल फाइनान्ससँग स्पष्टीकरण

अर्थटुडे
२०७३ जेष्ठ १०, सोमबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ( नेप्से) ले प्रुडेन्सियल फाइनान्ससँग स्पष्टिकरण माग गरेको छ । अगामी साधारण सभामा पेश हुने प्रस्तावका बारेमा नेप्सेलाई जानकारी नगराएको भन्दै नेप्सेले सो फाइनान्ससँग स्पष्टीकरण माग गरेो हो ।nepse(28)

जेठ ९ गते नेप्सेलाई फाइनान्सले साधारणसँभाको बारेमा जानकारी गराएको थियो । तर नेप्सेले साधारणसभाको बारेमा जानकारी गराएपनि साधारणसभामा प्रस्तुतहुने प्रस्ताव र बोनस सेयर दिने प्रस्तावको बारेमा उल्लेख नगराएको भन्दै नेप्सेले सोमबार स्पष्टीकरण माग गरेको हो ।

सुचिकरणसम्बन्धी सम्झौतामा सूचीकरण संझौता अनुसार सेयर मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने जानकारी सबैभन्दा पहिले नेप्सेलाई दिनुपर्छ । तर बोनस सेयर सम्बन्धी प्रस्तावको जानकारी नेप्सेलाई फाइनान्सले दिएको थिएन । यो सरासर सम्झौताको विपरित भएको नेप्सेले ठहर गरेको छ ।

सञ्चालक समितिले बोनस सेयर दिने विषयमा गरेको निर्णय र साधारण सभाको बारेमा गरेको मिति र समय सहितको निर्णय पनि पेश गर्न नेप्सेले कम्पनीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ