वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा चलखेल बढ्यो, हल्लाको भरमा लगानी नगर्न बोर्डको आग्रह

अर्थटुडे
२०७३ जेष्ठ ११, मंगलवार

काठमाडौं । बजेटमा विमा व्यवसायलाई प्रोत्साहन र नेप्सेमा सुचिकृत कम्पनीहरुको चुक्तापुँजी बृद्धि लगायतका विनाआधारको सुचनाको भरमा नेप्से बढीरहेको छ । shareगत हप्तादेखि नै बढ्न सुरु गरेको नेप्से यो हप्ताको आइतबारदेखि दैनिकजसो रेकर्ड तोडिरहेको छ ।

विभिन्न अपुष्ट समाचारका आधारमा सेयर बजारमा चलखेल गर्नेहरु सक्रिय रहेकोले पनि यतिखेर बजार बढेको हो । बजार मंगलबार पनि २०.४६ अंकले बढेर १५५४ अंकमा पुगेको छ । यसदिन पनि विमा समुहको परिसुचक ४१.५ अंकले बढेको छ । कारोबार रकम पनि एक अर्व ६५ करोड रुपैयाँ पुगेको छ ।

यसरी बजार ह्वात्तै बढनु जोखिमपूर्ण रहेको विश्लेषकहरु बताउछन् । बिमा कम्पनीहरुको पुँजी वृद्धि गर्नका लागि बिमा समितिले नयाँ बिमा ऐन प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तलाई नियमन गर्न तयार नभएपनि चुक्ता पुँजी वृद्धि गर्ने भनेको छ ।

आगामी बजेटमा विमा व्यवसायलाई पनि प्रोत्साहित गर्न सरकारले कार्यक्रम ल्याउने भएको छ । यस्तै सुचनाका आधारमा बढेको बजारले अत्यधिक जोखिम बढेको छ ।

एउटै सेयर अर्थात सिमित क्षेत्रका कम्पनीको सेयर मात्र खरिद र बिक्री भइ सेयर बजार वढेको हुनाले जोखिम रहेको सेयर बजार विश्लेषकहरुको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थाको सहकर्जा तथा थोरै व्याजदरका कारणले पनि अहिले बजार वढ्नमा मद्धत पुगेको छ ।

बजारमा आधिकारीक रुपमा नआएका सुचनाका आधारमा लगानी नगर्न धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले आग्रह गरे । “हल्लाको भरमा लगानी नगर्न लगानीकर्तालाई बारम्बार सचेत गराइरहेका छौं” उनले भने ।

नेप्से परिसुचक संगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । मंगलबार नेप्सेमा एक सय ३९ कम्पनीको ६३८४ कारोबारवाट एक अर्ब ६५ करोड ५३ लाख रुपैयाँ बरावरको ४० लाख ६२ हजार ७९५ कित्ता सेयर किनबेच भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ