वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थसमितिद्धारा बाफिया पारित,विहिबार पूर्ण सदनमा पेस

अर्थटुडे
२०७३ जेष्ठ १२, बुधबार

काठमाडौं । अर्थसमितिले ’बैंक तथा वित्तीय संस्था सम्बन्धि कानुन  (बाफिया) संशोधन र एकीकरण गर्न बनेको बिधेयक २०७२’ पारित गरेको छ । उपसमितिले टुङगो लगाएको एकै ब्यक्ति बैंकको सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (प्रबन्ध सञ्चालक) हुन पाउने उपसमितिको प्रतिवेदनलाई संशोधन गर्दै अर्थसमितिले सो विधेयक पारित गरेको हो । nepal rastra bank
अर्थसमितिले क, ख र ग वर्गका वित्तीय संस्थामा प्रबन्ध सञ्चालक एकै व्यक्ति हुन नपाउने ब्यवस्था गरेको छ । त्यस्तै समितिले ’ऐन प्रारम्भ भएपछि संवैधानिक निकायको पद धारण गरेको ब्यक्ति’ बैंक सञ्चालक हुन नपाउने व्यवस्थामा संवैधानिक शब्द अगाडि ’तोकिएको’ भन्ने शब्द थपी पारित गरेको छ । यी दुई विषयमा संशोधन गरेर अर्थसमितिबाट पारित भएको मस्यौदा भोली पूर्णसदनमा प्रस्तुत हुने समितिले जनाएको छ ।

बुधबार बसेको अर्थसमितिको बैठकमा केही सांसदहरुले भने बैंक तथा वित्तिय संस्थाको अध्यक्ष तथा सञ्चालकमा सांसदहरु हुन नपाउने व्यवस्था गर्न सुझाएका थिए । तर सो सुझावलाई भने वेवास्ता गरिएको छ । सांसदहरु कमला पन्त, चन्द्र भण्डारी र मोहन बरालले सांसद जस्तो व्यक्ति बैंकको अध्यक्ष वा सञ्चालक वस्दा सांसंदको गरिमा घट्ने भन्दै संशोधन गर्न माग गरेका थिए ।

सांसदहरु बैंक तथा वित्तिय संस्थामा बस्न नपाउने व्यवस्थाको हल गर्दै सांसदा सुरेन्द्र पाण्डेले संवैधानिक शब्द अगाडि तोकिएको शब्द थप्न सुझाव दिएका थिए ।अर्थसमितिबाट पारित भएको बाफिया विहिबार पुर्ण सदनमा पेस हुने छ । समितिबाट पारित भएको मस्यौदा पूर्णसदनबाट प्राय जस्ताको जस्तै पारित हुने गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ