काठमाडौं । बजार बुधबार केही करेक्सन भएको छ । साताको सुरुदेखि नै बढ्न थालेको बजार बुधबार भने दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसुचक २०.४१ अंकले घटेर १५२४ मा अडिएको छ । बुधबार विमा समूहको परिसुचक, र कारोबार पनि ह्वात्तै घटेको छ ।
साताको सुरुदेखि नै कारोबार, नेप्से परिसुचक र विमा समूहको परिसुचक एक्कासी बढीरहेको थियो । यसरी बढ्दा जोखिम अत्यधिक भएको र बजार दुर्घटनामा पर्न सक्ने चेतावनी समेत बजार विष्लेषकहरुले दिएका थिए । अर्को तर्फ धितोपत्र बार्डले हल्लाको भरमा लगानी नगर्न लगानीकर्ताहरुलाई सुझाएको थियो ।
बजेटले विमा व्यवसायलाई सम्बोधन गर्ने हल्लाका कारण विमा समूहको सुचक एकदमसँगले बढ्दा समग्र नेप्से नै प्रभावित भएको थियो । यसदिन विमा समूहको सुचक १३५.१७ अंकले घटेको छ । मंगलबार एक अर्व ६५ करोडको कारोबार भएको बजारमा बुधबार करिव २१ करोडले घटेर एक अर्व ४४ करोडको मात्र कारोबार भएको छ ।
यसदिन बैकिङ, होटल,फाइनान्स, उत्पादन र अन्य समूह पनि घटेको छ । बैकिङ २६.९ अंकले, होटल १६.१२ अंकले, फाइनान्स ५.१, उत्पादन ३१.५५ र अन्य ३.५१ अंकले घटेको नेप्सेले जनाएको छ ।
बुधबार विकास बैंक थोरै अंकले मात्र बढेको छ भने जलविद्युत ६.९४ अंकले मात्र बढेको छ । यसदिन सवैभन्दा बढी कारोबार नेपाल बंगलादेश बंैक १२ करोड १६ लाख, शिखर इन्योरेन्स ७ करोड ७६ लाख, नेपाल बैंक ६ करोड ७४ लाख, एनएमवि बैंक ५ करोड ८६ लाख ,सानिमा बैंक ५ करोड २५ लाख, नेपाल लाइफ इन्योरेन्स ५ करोड ६ लाख र एभरेष्ट बैंक ४ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।
बजार घट्दा पनि कर्णाली डेभलपमेन्ट बैंक र राष्ट्रिय बिमा कम्पनी संस्थापक सेयरधनीले सबैभन्दा वढि कमाएका छन् । वढि गुमाउनेमा सप्तकोशो डेभलपमेन्ट बैंकका लगानीकर्ता छन् ।
प्रतिक्रिया