वि.सं. २०८१ चैत्र ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलाश विकास बैंकले सोमबारबाट एकिकृत कारोबार गर्ने

अर्थटुडे
२०७३ जेष्ठ १३, बिहीबार

kailash mergeकाठमाडौं । कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्सले आगामी जेठ १७ गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएका छन् । तीन कम्पनी मर्ज भएको नयाँ कम्पनी कैलाश विकास बैंक लिमिटेडको नामबाट संचालनमा आउँदैछ । यी तीन कम्पनीले गत कात्तिकमा मर्जर सम्झौता गरेका थिए ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कैलाश विकास बैंकको चुक्ता पूँजी १ अर्ब ११ करोड २ लाख रुपैंया रहेको छ । त्यसै गरि नेपाल एक्सप्रेस फाइनान्सको चुक्ता पूँजी २९ करोड ८४ लाख रुपैंया तथा मेट्रो डेभलपमेन्ट बैंकको पूँजी २५ करोड १० लाख रुपैंया रहेको छ ।

मर्जर पश्चात बनेको नयाँ बैंकको चुक्तापुँजी एक अर्ब ६५ करोड, निक्षेप १५ अर्ब कर्जा सवा ११ अर्ब रुपैयाँ पुगेको छ । यसैगरि कम्पनीको शाखा सञ्जाल ३८, एटिएम १७, कर्मचारी ३ सय ४१, ९ हजार २ सय ९ जना सेयरधनी र एक लाख बढी ग्राहक पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ