काठमाडौं । नेपाल धितोपत्र बोर्डले धेरैमा १२ कार्यदिनभित्र हकप्रद निष्कासनको स्वीकृति दिने भएको छ । बैंक तथा वित्तिय संस्थाको पुँजी बृद्धि गर्न सघाउने उदेश्यका साथ बोर्डले हकप्रद सेयर निष्कासनको अनुमति दिन समय छोट्याएको हो ।
बोर्डले हकप्रद सेयर निष्कासन स्वीकृति दिने प्रक्रियाको लागि आवश्यक जनशक्तिसमेत थपेर सकेसम्म छोटो समयमा निर्णय दिने भएको छ ।
पहिलेनै सेयर खरिद गरिसकेका लगानीकर्ताका लागि निष्कासन हुने भएकोले यसमा कडाइ गर्नुपर्दैन । आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको पाँच कार्यदिन भित्र हकप्रद निष्कासनको स्वीकृति दिने घोषणा पनि बोर्डले गरेको छ ।
यो व्यवस्थाले बैंक तथा वित्तीय सस्थाको हकप्रद निष्कासन निकै छिटो हुनेछ । यस अघि हकप्रद निष्कासनको स्वीकृति लिन नै एक महिना भन्दा बढीको समय लाग्ने गरेको थियो ।
बैंकहरुलाई २०७४ असार मसान्तसम्ममा पुँजी बृद्धि गरी ८ अर्व पुर्याउनुपर्ने दवाव रहेको छ । सोही कारण बैंक तथा वित्तिय संस्थाले धमाधम हकप्रद सेयर जारी गरिरहेका छन् ।
प्रतिक्रिया