वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खानीखोला हाइड्रो पावरको सेयरका लागि आजदेखि आवेदन खुल्ला

अर्थटुडे
२०७३ जेष्ठ १६, आईतवार

काठमाडौ । खानीखोला हाइड्रो पावर कम्पनीको साधारण सेयर आजदेखि विक्रि खुल्ला भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित नौ लाख ३१ हजार ४२९ कित्ता साधारण सेयर विक्रि गर्न लागेको हो ।Khani_Khola

उक्त सेयर मध्ये १८ हजार ६२९ कित्ता कर्मचारीलाई र ४६ हजार ५७१ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ । बाँकी ८ लाख ६५ हजार ९२९ कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

उक्तसेयरका लागि छिट्टोमा जेड १९ गते र ढिलोमा जेठ ३० गतेसम्म आवेदन दिन सकिने निष्कासन तथा विक्ति प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।
सिभिल क्यापिटल मार्केट कमलादी, खानीखोला हाइड्रो पावरको कार्यलय धुम्बाहारीका साथै सिभिल बैंकका पोखरा, बुटवल, विर्तामोड, नेपालगञ्ज,हेटौडा, इटहरी, धनगढीका शाखाबाट र बाग्मति डेभलपमेन्ट बैंकको सार्लही शाखाबाटसेयरका लागि आवेदन दिन सकिने छ ।

ललितपुरको भट्टे डाडामा निर्माण भएको सो कम्पनीले यसअघि मंसिरमा नै आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सेयर निष्कासन गरिसकेको छ ।कम्पनीको सेयरमा न्युनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ ।

बढिमा १००० कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्तापूँजी ३७ करोड २५ लाख ७१ हजार ४ सय रहेको छ । सर्वसाधरणमा सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय पुग्नेछ ।

यहाँबाट दिनुहोस् आवेदन khani

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ