काठमाडौं । १० बराबर ३.५का दरले हकप्रद सेयर दिने निर्णय गरेको रिडी हाइड्रोपावरको हकप्रद सेयरको आवेदन असार १ गते देखि खुलला हुने भएको छ । कम्पनीले ११ लाख ५५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको ग्लोबल आइएमई क्यापिटल लिमिटेड धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक रहेको छ । यो कम्पनीले हकप्रद साउन ४ गतेसम्म भर्न पाइने छ ।
यो कम्पनीको जेठ १३ गतेसम्म सेयर किन्ने लगानीकर्ताले हकप्रद सेयर भर्न पाउनेछन् । ग्लोबल आइएमई क्यापिटल, जमल र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ट्रेड टावर थापाथलीमा लगानीकर्ताले हकप्रद सेयर भर्न पाउँछन् ।
प्रतिक्रिया