वि.सं. २०८१ मंसिर २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारले ल्याएको बजेटप्रति पुँजीवजार असन्तुष्ट, २.८४ अंकले घट्यो नेप्से

अर्थटुडे
२०७३ जेष्ठ १६, आईतवार

काठमाडौं । सरकारले ल्याएको बजेटलाई पुँजीबजारले स्वागत गर्न सकेन । बजेटपछिको पहिलो दिन आइतबार सेयर वजार २.८४ अंकले घटेको छ । होटल जलविद्युत र विमा समूह केही अंकले बढेपनि बाँकी सवै समुह घटेको छ ।share losing

यसदिन होटल १२ अंक, जलविद्युत ७६ हंक र विमा समूहको परिसुचक ३८.२८ अंकले बढेको छ । त्यस्तै बैकिङ डेभलपमेन्ट बैंक र फाइनान्स समूह क्रमश ८.७२, ९.८ र ३.२७ अंकले घटेको छ ।

मेगा बैंकको सवैभन्दा बढी कारोबार 

मर्जरको प्रकृया सकेर करिव एक बर्षपछि कारोबार भएको मेगा बैंकको सेयर मूल्य १० प्रतिशत हाराहारीले बढको छ । सबैभन्दा वढि कमाउनेमा मेगासहित लुम्बिनी जनरल, नमस्ते वित्तीय संस्था र कर्णाली डेभलपमेन्टका लगानीकर्ता छन् । बढि गुमाउनेमा सामूहिक लगानी कोषका इकाइहरु छन् ।

यसदिन बजारमा सिद्धार्थ इन्स्योरेन्सको सबैभन्दा वढि ६ करोड ७६ लाख रुपैयाँको किनबेच भएको छ । नेशनल हाइड्रोको ६ करोड ४४ लाख, हिमालयन जनरल इन्स्योरेन्सको पाँच करोड ९४ लाख, शिखर इन्स्योरेन्सको पाँच करोड ८९ लाख र एनबी बैकको पाँच करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
दिनभरीमा १२५ कम्पनीको एक अर्ब १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ