वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सानिमाले पायो अनुमति, यही साता सुचना जारी गर्ने

अर्थटुडे
२०७३ जेष्ठ १७, सोमबार

काठमाडौं । नेपाल धितोपत्र बोर्ड सानिमा बैंक लाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बैंकले बोर्ड समक्ष ५० प्रतिशत आर्थात २ः१ को अनुपातमा हकप्रद सेयरको निष्कासनको लागि अनुमति माग्दै निवेदन दिएको थियो ।

sanima-bankसो निवेदनको आधारमा आइतबार बोर्ड अनुमति दिएको हो । बोर्डको अनुमति पाएपछि यसै साताभित्र हकप्रद निष्कासनको सूचना सार्वजनिक गर्ने बैंकले जनाएको छ ।

२०७४ असारभित्र आर्थिक वर्ष २०७२ ०७३ को मौद्रिक नीति माफृत राष्ट्र बैंकले वाणिज्य बैकलाई चुक्ता पुँजी आठ अर्ब पु¥याउनुपर्ने व्यवस्था गरेपछि सानिमाले हकप्रद निष्कासनलाई प्राथमिकता दिएको हो ।

बैंकले एक करोड ५३ लाख १ हजार ४ सय ४० कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ ।हाल बैंकको चुक्तापूँजी ३ अर्ब ६ करोड रुपैयाँ तथा जगेडा कोषमा एक अर्ब रुपैयाँ रहेको छ ।

गतबर्षको मुनाफाबाट बैंकले २० प्रतिशत बोनश शेयर दिएको थियो । ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बैंकको चुक्तापूँजी ४ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ । सानिमाले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ६७ करोड खुद नाफा कमाएको छ ।

 

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ