वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजेट माथिको छलफल सांसदमा आजदेखि सूरु

अर्थटुडे
२०७३ जेष्ठ १७, सोमबार

काठमाडौं । सरकारले शनिवार व्यवस्थापिका सांसदमा प्रस्तुत गरेको आर्थिक वर्ष ०७३ ७४का बजेट माथि आजदेखि संसदमा छलफल सुरु भए हुने छ । budget
सरकारले प्रस्तुत गरेको बजेटको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को आलोचना गरेको छ । पूँजीगत रकम खर्च हुने सम्भावना नभएकाले बजेटले वित्तीय खतरा ल्याउने कांग्रेसको भनाइ छ । उसले बजेट ठूलो भएको र कार्यान्वयन गर्न नसकिने भन्दै आलोचना गर्दै आएको छ भने सरकारपक्षीय दलले त्यसको बचाउँ गरेका छन् ।

एनेकपा माओवादी र सरकारमा सामेल अन्य दलले केही हदसम्म बचाउ गरेपनि उनीहरु पनि बजेटप्रति पूर्ण सन्तुष्ट छैनन् । प्रधानमन्त्रीको क्षेत्र र अर्थमनत्री क्षेत्रमा मात्र बढी बजेट परेको सरकारमा सामेल हुने दलहरुले पनि आरोप लगाईरहेका छन्. ।

संसदमा प्रतिनिधित्व गर्ने दलका सांसदहरुले बजेटमाथि आफ्नो धारण राख्न लागेका हुन् । १९ गतेसम्म सांसदहरुले बजेटका विषयमा राखेका विभिन्न प्रश्नहरुको अर्थमन्त्री पौडेलले उत्तर दिने छन् ।

सरकारमा सहभागी रहेको दल माओवादी केन्द्रले भने आफ्ना मागहरु बजेटमा नसमेटिएको भन्दै आलोचनात्मक समर्थन गर्ने जनाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिवार १० खर्ब ४८ अर्ब ९२ करोडको बजेट सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ