काठमाडौं । सेयर बजार परिसुचक सोमबार ४.७१ अंकले बढेर १५२६.९६ विन्दुमा अडिएको छ । यसदिन एक अर्व १९ करोड बराबरको सेयर कारोबार भएको छ ।
बजारमा हकप्रद निष्काशनको प्रक्रियामा रहेका र निष्काशन गरेका कम्पनीहरुमा लगानीकर्ताको आर्कषण देखिएको छ ।
यिनै कम्पनीहरु उच्च कारोबार गर्ने र धेरै कमाउनेको अग्रपक्तिमा रहेका छन् । हकप्रद शेयर निष्काशनको अन्तिम तयारीमा रहेका र निष्काशन गरेका कम्पनीहरुको कारोबार बढ्नुले लगानीकर्ताको आर्कषण हकप्रद शेयरतर्फ देखिएको छ ।
यसदिन वाणिज्य बैंक, होटल, विकास बैंक तथा बीमा समुह नकरात्मक रहेपनि उत्पादन, जलविद्युत र वित्त समुह सकारात्मक रहेपछि बजार घट्न पाएन । सोमबारको बजारमा बाणिज्य बैंकिङ समुह ०.५ अंकले ,बिमा सुचक ६.६५ अंक,होटल समूह १३.१६ र विकास बैंक समूह ११.८४ अंकले घटेको छ ।
यसदिन सानिमा बैंकको कारोबार सवैभन्दा बढी १० करोड ४३ लाख रुपैयाँ भएको छ । त्यस्तै सिटिजन्स बैंकको पनि ९ करोड ८१ लाख रुपैयाँको किनबेच भएको छ । बजारमा चिलिमेको ६ करोड ८२ लाख र नेशनल हाइड्रोको पाँच करोड ६७ लाखको किनबेच भएको छ ।
यसदिन हकप्रद निष्काशनको सूचना प्रकाशीत गरेको सिटिजन्स र सूचना प्रकाशित गर्ने अन्तिम तयारीमा रहेको सानिमा बैंकको कारोबार उच्च हुनुले पनि हकप्रदमा लगानीकर्ताको आर्कषण बढेको प्रष्ट हुन्छ ।
सोमबारको बजारबाट कञ्चन डेभलपमेन्ट, नमस्ते वित्तीय संस्था, मेगा बैंक र कर्णाली डेभलपमेन्टका लगानीकर्ताले १० प्रतिशतले बढिले कमाएका छन् ।
सोमबारको बजारमा इन्नोभेटिभ डेभलपेमन्ट बैंक, प्यासफीक डेभलपमेन्ट, युनिक फाइनान्स, साझा विकास बैंक, मिशन डेभलपमेन्ट, अल्पाइन डभेलपमेन्ट, मञ्जुश्री फाइनान्स लगायतका कम्पनी धेरै गुमाउनेमा परेका छन् ।
प्रतिक्रिया