काठमाडौं । सरकारले अन्त:शुल्कका दरहरुमा ८ देखि १५ प्रतिशत सम्म बृद्धि गरेको छ । सरकारले २०७३ जेठ १५ गते जारी गरेको यस वर्षको आर्थिक अध्यादेश २०७३ बाट भौतिक नियन्त्रण र स्वयं निष्काशन प्रणाली अन्तर्गत प्रशासन हुने मुख्य मुख्य वस्तुहरुमा लाग्ने अन्तःशुल्कका दरहरु बढाएको हो ।
विशेष गरी मदिराजन्य र सूर्तीजन्य वस्तुहरुमा लाग्ने अन्तःशुल्कमा ८ देखि १५ प्रतिशतसम्म वृद्धि गरेको हो ।
मदिराजन्य पदार्थ, चुरोट तथा सूर्तीजन्य पदार्थ एवं फलाम आदिमा परिमाणगत आधारमा र टेलिभिजन, प्लाष्टिकजन्य वस्तु, सवारी साधन आदिमा मूल्यगत आधारमा अन्तःशुल्क लगाइएको अर्थमन्त्रालयले जनाएको छ ।
सरकारले आर्थिक ऐन २०७२ तथा आर्थिक ऐन २०७३ मा भौतिक नियन्त्रण अन्तर्गतका बस्तुहरुको अन्तशुल्क कायम गरिएको अर्थमन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अन्तःशुल्क वियरमा र वाइनमा ८ प्रतिशत, स्वदेशबाट निर्मित वाइनमा १२ प्रतिशत, कन्ट्री वियरमा १० प्रतिशत र अन्यमा ७ प्रतिशतसम्म अन्तःशुल्क बढाइएको छ ।
त्यस्तै साइडरमा ८ प्रतिशत र मदिराहरुमा १० देखि १५ प्रतिशतसम्म अन्तःशुल्क बढाइएको छ । त्यस्तै चुरोटहरुमा फिल्टर नभएकोमा ८ प्रतिशत, फिल्टर भएकोमा १० देखि १५ प्रतिशतसम्म अनतःशुल्क बढेको छ । विडि, खैनी , जर्दा, गुड्खा आदीमा १२ प्रतिशत अन्तःशुल्क बढाइएको छ ।
सरकारले टेलिभिजनमा अनएसेम्वल्ड अवस्थामा शतप्रतिशत, अन्य (तयारी टेलिभिजन) मा पनि शत प्रतिशत र टेलिभिजन रिसिभरका टेलिभिजनमा ३३ प्रतिशत अन्तःशुल्क बढाइएको छ ।
सिद्धान्ततः मानवीय स्वास्थ्य र वातावरणीय स्वास्थ्यमा प्रतिकूल असर पु¥याउने वस्तुहरु तथा विलासिताका वस्तुहरुमा अन्तःशुल्क लगाइने गरिन्छ ।
तर व्यवहारमा नेपाल विश्व व्यापार संगठनको सदस्य भएपछि भन्सार शुल्कको दर घटाउदै लगेको सन्दर्भमा उक्त शुल्कको क्षतिपूर्तिको लागि पैठारी भएर आउने टेलिभिजन, टेलिफोन, माइक्रोफोन, जंक फुड्स, सिमेन्ट, मार्वल, टाइल्स, फलाम, पेन्ट्स, अप्टिकल फाइवर आदि वस्तुहरुमा पनि अन्तःशुल्क लगाउने गरिएको छ ।कसको कति अन्तःशुल्क बढ्यो हेर्नुहोस्
प्रतिक्रिया