काठमाडौं । शेयरबजार परिसुचक विहिबार पनि घटेको छ । यसदिन अधिकांस समूहको परिसुचक घटेपछि समग्र बजार पाँच अंक बढीले ओरालो लागेको छ । यसदिन कारोबार रकममा पनि कमी आएको छ ।
यसदिन विहिबार नेप्से ५.४४ अंकले घटेर १५१८.१२ विन्दुमा झरेको छ । १२८ कम्पनीको कारोबार भएको बजारमा एक अर्ब ४ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको छ । बजारमा होटल, उत्पादन र अन्य समुह बाहेक सबै समुह नकारात्मक रहेको छ ।
पछिल्लो समयमा अन्य क्षेत्रका लगानीकर्ता होटलतर्फ आकर्षित भएको देखिन्छ । वुधबारको तुलनामा होटल समूह विहिबार १७ अंकले बढेर २६.७९ अंकले उकालो लागेको छ ं। त्यस्तै उत्पादन र अन्य समूह पनि क्रमशः ५.१९ र २.३५ अंकले बढेको छ ।
त्यस्तै विहिबार जलविद्युत समुहको सबैभन्दा बढी ७१.७६ अंकले घटेको छ, भने विमा समूहको १५.६२, फाइनान्स कम्पनीको ५.४६, विकास बैंकको ६.८१ र बाणिज्य बैंक समूहको ३.७२ अंकले घटेको छ ।
बजारमा सिटिजन्स बैंकको सबैभन्दा धेरै ११ करोड रुपैयाँको शेयर किनबेच भएको छ । त्यसपछि सानिमा बैंकको ९ करोड ९० लाखको कारोबार भएको छ । हकप्रद शेयरका लागि बुक क्लोजको अवधि नजिकिएपछि यी दुवै बैंकको कारोबार उच्च भएको हो । मेगा बैंकले ६ करोड ४१ लाख बराबरको कारोबार गर्दा एनबी, सनराइज, नेपाल लाइफको पनि उच्च कारोबार भएको छ ।
यस दिनको बजारमा ओमी माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने नमस्ते वित्तीय संस्थाका लगानीतकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
प्रतिक्रिया