वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मंगलबारदेखि एक घण्टा लोडसेडिङ घट्दै, दैनिक १५ घण्टा बत्ति आउने

अर्थटुडे
२०७३ जेष्ठ २४, सोमबार

loadseddingकाठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मंगलबारदेखि लोडसेडिङ एक घन्टा घटाउने भएको छ । गर्मी बढ्दै गएपछि हिउ पग्लीएर नदीमा जलप्रवाह बढेका कारण क्रमशः लोडसेडिङको समय घटाउँदै लगिएको प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले जानकारी दिए । नयाँ तालिका अनुसार अब दैनिक औसत ९ घण्टामात्र लोडसेडिङ हुनेछ ।

केन्द्रका अनुसार हाल दैनिक ७०० मेगावाट विद्युत् आपूर्ति हुँदै आएको छ भने एक हजार ३५० मेगावाट विद्युत् माग रहँदै आएको छ । प्राधिकरणले विद्युत् चुहावट हुने स्थानमा भने न्यूनतम एक घन्टा र अधिकतम सात घन्टाभन्दा बढी लोडसेडिङ गर्ने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ