काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाले तीन करोड अर्थात् (तीनलाख कित्ता बराबर) को सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले साधारण सेयर निष्कासनका लागि नेपाल धितोपत्रबोर्डबाट अन्तिम स्वीकृति लिइसकेको छ ।
कम्पनीको विक्रि प्रबन्धको रुपमा एनआइवीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । कम्पनीका अनुसार असारको अन्तिम सातातिर सर्वसाधारणका लागि साधारण सेयर जारी गर्न लागेको हो ।
कम्पनीले ३ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । कम्पनीको सो साधारण सेयर एक कित्ताको सय रुपैयाँ पर्ने छ । यो कम्पनी सन् २०१४ मा स्थापना भएको राष्ट्रिय स्तरको माइक्रोफाइनान्स हो ।
धादिङबेसीमा मुख्य कार्यालय रहेको सो कम्पनीले आर्थिक वर्षको तेस्रो त्रैमासमा संस्थाले दुई करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चालु अािर्थक वर्षसम्ममा कम्पनीको चुक्तापुँजी ७ करोड रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया