वि.सं. २०८२ जेष्ठ ३०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल लाइफको ३१ लाख कित्ता एफपिओ आउदै, प्रतिकित्ता २९५१ रुपैयाँ

अर्थटुडे
२०७३ जेष्ठ २८, शुक्रबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३० लाख ९६ हजार ४२९ सेयर जारी गर्ने भएको छ । अंकित मूल्यमा २ हजार ८ सय ५१ रुपैयाँ प्रिमियम थपि प्रतिकित्ता २ हजार ९ सय ५१ रुपैयाँ एफपिओ (फरदर पब्लीक अफरिङ) निष्कासन गर्ने लागेको हो ।

NLIC_Banner
हाल २ अर्व १६ करोड पुँजी रहेको कम्पनीको एफपिओपछि २ अर्ब ४७ करोड रुपैयाँ पुग्नेछ । हाल कम्पनीमा ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारण समूहको सेयर छ । एफपिओ पछि संस्थापक समुहको ७० र सर्वसाधारण समुहको सेयर स्वामित्व ३० प्रतिशत हुनेछ । कम्पनीले एफपिओ मार्फत ९ अर्ब १३ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने भएपनि चुक्ता पुँजी भने ३० करोड ९६ लाख ४२ हजार रुपैयाँ मात्र थपिन्छ ।

कम्पनीले सिद्धार्थ क्यापीटललाइ एफपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त समेत गरीसकेको छ । अब नेपाल धितोपत्र बोर्डबाट स्किृती पाएपछि उक्त सेयर निश्कासन हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ