काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ३१.२६ अंकले बढेर १६०० नजिक पुगेर अडिएको छ । नेपाल बंगलादेश बैंक, स्ट्यान्डर्ड चार्टर्ड र एभरेष्ट बैंकको कारोबार बढ्दा सेयर बजार पनि बढेको हो ।
यसदिन कारोबार रकममा पनि बृद्धि भएको छ । आइतबार एक अर्व ९६ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यसदिन नेपाल बंगलादेश बैंकले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेसँगै यस बैंकको सवैभन्दा बढी कारोबार भएको हो । यसदिन नेपाल बंगलबादेश बैंकको मात्र ३५ करोड ५८ लाख रुपैयाँ बराबरको चार लाख ६ हजार १११ कित्ता सेयर किनबेच भएको छ ।
त्यसैगरी यसदिन सवैभन्दा बढी कारोबार हुनेमा एभरेष्ट बैंक र स्टान्डर्ड चार्टर्ड रहेको छ यीनीहरुको क्रमश ः १० करोड ९८ लाख र आठ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यसदिन बैकिङ समूहको समूहगत परिसुचक ४७.४७ अंकले बढेको छ । यो समुहको मात्रै ९२ करोड बराबरको शेयर किनबेच भएको छ ।त्यस्तै विमा समूह ३०.७, विकास बैंक समूह् २२.७ र होटल १०.७९ अंकले बढेको छ । त्यस्तै अन्य र फाइनान्स समूहको सुचक भने थारै अंकले मात्र बढेको छ । यसदिन जलविद्युत समूहको सुचक भने ८.३ अंकले घटेको छ ।
यसदिन स्ट्याण्र्डड चार्टडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन । त्यस्तै सिन्धु विकास, एनआइडिसी क्यापिटल, नेपाल इन्स्योरेन्स, ओम डेभलपमेन्ट र सगरमाथा इन्स्योरेन्स रहेका छन् भने गुमाउनेमा रिडी हाइडेका लगानीकर्ता छन् ।
प्रतिक्रिया