वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ठुला पूर्वाधार परियोजनाको प्रबद्र्धनमा लाग्छु : बोर्ड सिइओ अधिकारी

अर्थटुडे
२०७३ असार १२, आईतवार

काठमाडौं । लगानी बोर्डका नवनियुक्त कार्यकारी प्रमुख (सिइओ) महाप्रसाद अधिकारीले ठूला पूर्वाधार परियोजनाको प्रवद्र्धनमा लाग्ने बताएका छन् । आइतबार पदभार ग्रहण गर्दै उनले पूर्वाधार आयोजनामा समय तालिकाका आधारमा आफू अघि बढ्ने बताए ।IMG_0611

बोर्ड स्थापना पछि सस्थागत संरचना र परियोजना विकासमा उल्लेख्य आधार तयार भएको बताउँदै उनले अब लगानी बोर्डले पुर्वाधार विकासका ठूला परियोजनाको विकासमा लाग्नु पर्ने जनाए ।

मन्त्री परिषद्ले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो । यसअघि बोर्ड स्थापना कालदेखि राधेष पन्त कार्यकारी प्रमुख थिए । पन्तलाई गत शुक्रबार बोर्डले विदाई गरेको थियो ।

नवनियुक्त कार्यकारी प्रमुख अधिकारी नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदबाट अवकास प्राप्त हुन् । उनी बृहत अर्थशास्त्रका ज्ञाता मानिन्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ