वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दिब्यश्वरी हाइड्रोपावरको साधारण सेयरको आवेदन आजदेखि खुल्ला

अर्थटुडे
२०७३ असार १३, सोमबार

काठमाडौं । दिब्यश्वरी हाइड्रोपावरले सर्वसाधारणका लागि छुट्याएको ३ करोड ९६ लाख रुपैयाँ बराबरको साधारण सेयरको लागि आजदेखि आवेदन खुल्ला भएको छ । ipo
कम्पनीले निष्कासन गर्न लागेको ३ लाख ९६ हजार कित्ता साधारण सेयरमध्ये २ प्रतिशत अर्थात् सात हजार ९२० कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरेको छ ।
त्यस्तै कम्पनीले १९ हजार ८०० कित्ता सेयर (५ प्रतिशत ) सामूहिक लगानी कोषहरुको लागि बाँडफाँड गरेको छ । त्यस्तै, आयोजना प्रभावित स्थानिय बासिन्दाको लागि यस अघि नै १० प्रतिशस शेयर वितरण गरिसकेको छ ।

एस क्यापिटल निष्काशन तथा विक्री प्रबन्धक रहेको उक्त कम्पनीको सेयर लागि सर्वसाधारणले कम्तिमा ५० कित्ता र धेरैमा एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

आजदखि खुल्ला भएको आवेदन छिटोमा असार १६ गते र ढिलोमा २७ गते बन्द गरिनेछ । आवेदनका लागि एस क्यापिटल लालदरबार, एस डेभलपमेण्ट बैंक नक्साल, किर्तिपुर, चावहिल, न्यूनरोड, जावलाखेल, कौशलटार, बिरगञ्ज, चितवनको पर्सा र नारायणघाट, मोरङको उर्लाबारी, प्यूठानको विजुवा बजार र संखुवासभाको खाँदबारीमा आवेदन बुझाउन सकिनेछ ।
त्यस्तै, त्रिवेणी विकास बैंकको इटहरी र विराटनगर शाखा, एक्सेल डेभलपमेण्ट बैंकको विर्तामोड शाखा, एभरेष्ट फाइनान्सको सिद्धार्थनगर शाखा, गरिमा विकास बैंकको महेन्द्रपुल शाखा, मालिका विकास बैंकको धनगढी र कञ्चनपुर शाखामा पनि आवेदन दिन सकिनेछ ।

संखुवासभाको धुपु गाविसमा चार मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरएको उक्त कम्पनीलाई इक्रा नेपालले रेटिंग चार प्रदान गरेको छ । सेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ