वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरुको पुँजी बढाउने समय थप्ने तयारी

अर्थटुडे
२०७३ असार १५, बुधबार

काठमाडौं  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पुँजी बृद्धिका लागि समय थप गर्ने तयारी गरेको छ । भूकम्प र नाकावन्दीका कारण अर्थतन्त्रमा गम्भिर असर गरेको र आगामी मौद्रीक नीतिमार्फत पुँजी बढाउनका लागि दिएको समय थप्न लागेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रीक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी ४ गुणादेखि २५ गुणासम्म बढाउन निर्देशन दिएको थियो । त्यसका लायि ०७४ असारसम्मको समय दिइएको छ ।

nepal rastra bank
बुधबार आगामी मौद्रिक नीतिका बारेमा राजधानीमा भएको छलफलमा राष्ट्र बैंकका निर्देशक डां डिल्लीराम पोखरेलले मौद्रिक नीतिमार्फत पुँजी वृद्धिको समयसिमामा लचक बन्नसक्ने जनाउ दिए । भूकम्प र नाकाबन्दी लगायतले केही असहज भएको हुँदा पुँजीवृद्धिको समय सिमामा थप्न सकिनेबारे छलफल भइरहेको उनले बताए ।

मौद्रिक नीतिको पहिलो चरणको खाका तयार भइसकेको जानकारी दिदै उनले यसलाई अन्तिम रुप दिनुअघि सुझाबहरु संकलन भइरहेको जानकारी दिए । केन्द्रीय बैंक मौद्रिक नीतिको फ्रेम वर्क परिमार्जन गर्ने पक्षमा रहेको उल्लेख गर्देआगामी मौद्रिकबाट तीन तीन महिनामा समिक्षा गर्ने योजना रहेको बताए ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले मुल्यवृद्धि नियन्त्रण, वित्तिय पहुँच विस्तार, ब्याजदर नियन्त्रण, लगानि विस्तारलाई सघाउ पुर्याउने मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ