काठमाडौं । पराराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आइतबारबाट अनलाइनबाटै पासपोर्टका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ ।सेवाग्राहीको सहजताका लागि विभागले राहदानीका लागि निवेदन दिने, सम्पूर्ण विवरण भर्ने र फारम दर्ता गर्नेसम्मको काम अनलाइबाटै गर्न सक्ने व्यवस्था मिलाएको हो ।
अनलाईनबाट फर्म भरेपछि विभागले बारकोड नम्बर दिने छ । सो नम्बर बोकेर गएपछि विभाग आफैंले तपाईको फोटो खिच्छ, विवरण रुजू गर्छ र काम अघि बढाउँछ ।
यसरी व्यवस्था गर्दा राहदानीका लागि बाहेक सेवाग्राहीले पैसा तिर्नुपर्दैन । यसबाट विवरण नमिलेका कारण वा फोटो नमिलेका कारण राहदानी बनाउँदा हुने असजिलोपनाको अन्त्य हुने विभागले जनाएको छ ।
प्रतिक्रिया