काठमाडौं । यो साताभर सुनको भाउ स्थिर रही प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भयो । साताको एक दिन मंगलबारमात्र एक सय रुपैयाँ सस्तो भई ५३ हजार ९ सय रुपैयाँमा कारोबार भयो ।
इराकमा जारी द्घन्दको कारण उकालो लागेको सुनको भाउ ओर्लने संकेत देखिएको छैन । उता चाँदीको भाउ भने बिस्तारै बढ्ने क्रममा रहेको पाइएको छ ।
अमेरिकी संघीय बैकको मौद्रिक नीतिको कारण मुद्रास्फिति बढ्ने जसले तेल र सुनको मूल्यलाई सँगसगै बढाउने अनुमान गरिएको छ ।
क्षेत्रिय द्धन्द एवं आसन्न मुद्रास्फितिको प्रक्षेपणको कारण सुरक्षित लगानीको औजारको रुपमा पहेलो धातुको माग बढ्ने हुनाले तत्कालै उल्लेख्य रुपमा सुनको भाउ घट्ने गुन्जायस नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले विश्लेषण गरेको छ ।
यसैगरी यो साताभरमा चाँदी ८ रुपैयाँ महंगो भएको छ । आईतबार प्रतितोला ८ सय ३५ रुपैयाँ कायम चाँदी साताभर क्रमश बढ्दै शुक्रबार ८ सय ४३ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
साताभर सुनको स्थिर, प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार
२०७१ असार १४, शनिबार
प्रतिक्रिया