वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मोटरमा यात्रा गरेका यात्रुको पनि ५ लाख बराबरको बिमा हुने

अर्थटुडे
२०७३ असार २५, शनिबार

काठमाडौं । विमा समितिले मोटर विमा दर सम्बन्धी निर्देशिका, २०७३ साउनदेखि लागु गर्ने भएको छ । शुक्रबार समितिले साउन १ गतेदेखि सो निर्देशिका लागु गर्ने निर्णय गरेको हो ।

bima samiti
सवारी साधानमा यात्रा गरिरहेका यात्रुहरुको प्रति यात्रीसिट विमाङक रकम पाँचलाख रुपैयाँ कायम गरेको छ । त्यसैगरी विमाङकको सिमा रही यात्रु, चालक, परिचालक, हेल्परको मृत्यु भएमा प्रति ब्यक्ति तत्काल किरिया खर्च रकम पचास हजार रुपैया कायम गर्ने व्यवस्था छ ।

त्यस्तै सवारी साधन दुर्घटनाबाट भएको चोटपटकमा औषधी उपचारको अधिकतम बीमाङ्क सीमा तीन लाख रुपैयां कायम गरिएको छ भने कुरुवा खर्च प्रति दिन पाच सय रुपैयां २२ हजार ५०० सम्म कायम गरिएको छ । त्यस्तै चोटपटक लागेर अंगभंग भई अस्पताल पु¥याउनु पर्ने अवस्थामा एम्बुलेन्स खर्च दश हजार रुपैयाँ दिने व्यवस्था छ ।

तेश्रो पक्षको दुघटनाबाट मृत्यु भएमा बीमाङ्क रु पांच लाख र औषधी उपचार गर्नु परेमा रुपैयां तीन लाखको सीमा भित्रको वास्तविक औषधोपचार खर्च कायम गर्ने छ ।

यसैगरी ट्रयाक्टर तथा पावर ट्रिलरमा एक चालक तथा एक हेल्पर कर्मचारीको अनिवार्य बीमा गर्ने ब्यवस्था गर्ने । स्वामित्व परिवर्तन भएको अवस्थामा पैंंतीस दिन (३५) भित्र बीमालेख नामसारी गर्नुपर्ने ब्यवस्था कायम गर्ने ।

मोटरसाइकलको हकमा एक चालक र एक यात्रुको मात्र प्रति व्यक्ति रुपैयां पाँचको दुर्घटना बीमा हुने ब्यवस्था गरिएको छ । साथै औषधोपचारको सम्बन्धमा चालक र सोमा सवार एक ब्यक्तिको जनही अधिकतम तीन लाख रुपैयां कायम गर्ने साथै सो वापत बीमाशुल्क हालको ब्यवस्था बमोजिम लिई आएको तेश्रो पक्ष प्रतिको दायित्वको बीमाशुल्कमा प्रति मोटरसाइकल ५०० थप गरी तेश्रो पक्ष प्रतिको दायित्व तथा चालक र सोमा सवार ब्यक्तिको दुर्घटना बीमाको बीमाशुल्क दर एकमुष्ट कायम गरी अनिवार्य ब्यवस्था लागू गरेको हो ।

यसअघि तेस्रो पक्षको मात्र ५ लाखको बिमा हुने व्यवस्था थियो । यसबाट गाडीका यात्राको मृत्यु हुँदा पनि तेस्रो पक्षको रुपमा दावी भुक्तानी लिने प्रवृत्ती बढ्दै गएपछि समितिले यसलाई समाना बनाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ