वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिमा कम्पनीका लगानीकर्ताले धेरै कमाए, नेप्से ९३६ अंकमा

अर्थटुडे
२०७१ असार १४, शनिबार

काठमाडौं । यो साता सेयर बजार परिसुचक (नेप्से) ९ सय ३६ अंकमा पुगेको छ । यो साता १ सय ६६ कम्पनीको १३ हजार ९८ कारोबारबाट २ अर्ब १९ करोड ६४ लाख १० हजार रुपैयाँ बराबरका एक करोड २४ लाख ७५ हजार ६ सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जे जनाएको छ ।
nepal stock exchangeगत साता एक्सचेन्जमा १ सय ७१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार अनुसार १९ हजार २ सय १६ कारोबारबाट २ अर्ब ८३ करोड ४६ लाख ८८ हजार रुपैयाँ बराबरका ७७ लाख ८७ हजार ८ सय ३२ कित्ता सेयरहरु खरिद बिक्री भएका थियो ।

कारोबार रकम गत साताको तुलनामा २२.८ प्रतिशतले बढी हो । कूल कारोबार मध्ये ‘क’ वर्गका कम्पनीहरुको ७४ करोड ६ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो कूल कारोबारका ३३.७९प्रतिशत हो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १९.०० अंकले बढेर अन्तिम दिन ९३६.३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३.५९ अंकले घटेर २००.९ अंकमा पुगेको छ । समुहगत परिसुचकमध्ये सबैभन्दा बढी बिमा १ सय ३७.३४ अंकले बढेको छ । यो साता सबैभन्दा बढी बिमा कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

यस साता कारोबार रकम (१५ करोड ३३ लाख एक हजार रुपैयाँ) को आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार भएको सेयर संख्या (२८ लाख ३४ हजार ७ सय ३५ कित्ता) को आधारमा नबिल ब्यालेन्स फन्ड अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार संख्या (१७१५ वटा) को आधारमा सेन्चुरी कमर्सियल बैंक अग्रस्थानमा रहेको नेप्सेले जनाएको छ ।

यो साता रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३० लाख कित्ता सेयर सूचिकृत भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ