वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्रीन डेभलपमेन्टको सेयर बाँडफाँड, ९० हजार रुपैयाँको आवेदकलाई गोलाप्रथा, त्यसभन्दा माथिलाई १.०५ प्रतिशतका दरले बाँडफाड

अर्थटुडे
२०७३ असार २९, बुधबार

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकको सेयरमा ९ सय कित्तासम्म आवेदन दिनेले गोलाप्रथाबाट सेयर पाएका छन् भने त्यसभन्दा माथिको आवदेकले १ दशमलव ५ प्रतिशतका दरले सेयर पाएका छन् ।green devlopment bank

बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर बुधबार बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटलले बाँडफाँड गरेको हो ।

बैंकले ४ करोड ५० लाख रुपैंयाको शेयर निष्काशन गरेको थियो भने ४ अर्व १७ करोड रुपैयाँको आवेदन परेको थियो । यो रकम माग गरिएको शेयर भन्दा ९२ गुणा भन्दा बढी हो । बैंकले चुक्ता पूँजी १० करोड रुपैंया पुर्याउनका लागि साधारण सेयर निष्कासन गरेको थियो । संस्थागत लगानीकर्ता तथा कर्मचारीका लागि बैंकले यसअघि नै २२ हजार ५ सय र ९ हजार कित्ता शेयर सुरक्षित गरिसकेको थियो ।

९० हजार रुपैंयासम्मका आवेदकको संख्या धेरै भएका कारण सो मात्राका आवेदकलाई गोलाप्रथाबाट १० कित्ता सेयर बितरण गरेको बैंकले उक्त रकम भन्दा माथि १० लाख रुपैंयासम्मका आवेदकलाई १ दशमलव ०५ प्रतिशत शेयर बितरण गरेको हो ।

बागलुङमा मुख्य कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंकले बागलुङ, म्याग्दी र कास्की जिल्लामा कार्यक्षेत्र बिस्तार गरी वित्तीय सेवा दिंदै आएको छ । बैङकको अधिकृत पूँजी ५० करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ ।

साधारण शेयर निष्काशन पश्चात बैंकमा ५५ प्रतिशत संस्थापक तथा ४५ प्रतिशत सर्वसाधारको लगानी पुग्नेछ । संस्थापक तर्फको सम्पूर्ण रकम चुक्ता भइसकेको र साधारण शेयर जारी गरेपछि बैंकको चुक्तापूँजी १० करोड रुपैयाँ पुग्नेछ । ३३ करोड ६६ लाख रुपैंया निक्षेप संकलन गरेको बैंकले २६ करोड ९८ लाख रुपैंया कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ