काठमाडौं । अवदेखि सेयर कारोबार समय एक चारघण्टा हुने छ । आइतबारदेखि नेपाल स्टक एक्सचेन्जले कारोबार समय दैनिक एक घण्टा बढणएका
नेपाल स्टक एक्सचेन्जले सेयर कारोबारको समय एक घण्टा बढाएर चार घण्टा पुर्याएको छ । आइतबारदेखि सेयर बजार ११ बजे खुल्ने छ भने तीन बजे बन्द हुनेछ ।
स्टक एक्सचेन्ज मिमिटेडको विहीबार बसेको सञ्चालक समितिको बैठकले कारोबार समय एक घण्टा बढाउने निर्णय गरेको हो ।
स्टक एक्सचेन्जले कारोबार समय थपेको जानकारी अर्थमन्त्रालय, नेपाल धितोपत्र बोड, ब्रोकर कम्पनीहरु र लगानीकर्तालाई दिइसकेको छ ।
सञ्चालक समितिले निर्णय गरेपछि अन्य नियामकबाट यो सस्थाले स्वीकृति लिनु पर्दैन । लगानीकर्ताहरुले कारोबार समय कम भएकोभन्दै गुनासो गरेपछि स्टक एक्सचेन्जले समयावधि थपेको हो ।
सयम थपेपछि कारोबार रकम र संख्यामा थप बृद्धि हुने अनुमान स्टक एक्सचेन्जको छ । पुर्ण डिम्याट कारोबार हुँदा केही समययता कारोबार संख्या र रकममा निकै बृद्धि भएको छ । संख्यासँगै सक्रिय लगानीकर्ता पनि बढेका छन् ।
प्रतिक्रिया