वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चालु आर्थिक वर्षको पहिलो दिन बजार २७.५९ अंकले बढ्यो, लगानीकर्ता बाणिज्य बैंकतिर आकर्षित , लघुवित्त कम्पनीको मुल्य अत्यधिक घट्यो

अर्थटुडे
२०७३ श्रावण २, आईतवार

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो दिन आइतबार सेयर बजार २७.५९ अंकले बढेको छ । बजारमा दवदवा रहेको बाणिज्य बैंक समुहको परिसुचक बढ्दा बजार बढेको हो । यस दिन लघुवित्त संसथाहरुको सेयर मुल्य उच्च दरले घटेको छ ।share

लघुवित्त संस्थाहरुको नाफामा अंकु लगाउने गरी मौद्रिक नीति आएको कारणले गर्दा लघुवित्त बैंकहरुको सेयर मुल्यमा गिरावट आएको हो ।

मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले लघुवित्त सस्थाहरुको व्याजदर ७ प्रतिशतमा कायम गरेको छ । यसअघि लघुवित्त संस्थाहरुले मनलाग्दी रुपमा व्याज लिएर नाफा कमाउदै आएका थिए । जसको कारण लघुवित्त संस्थाहरुको सेयर मुल्य बढ्ने गरेको थियो ।

त्यसैगरी हालै कारोबारमा आएका माछापुच्छ्े , सिद्धार्थ र जलविद्युत लगानी तथा विकास कम्पनीको शेयरमूल्य माग र आपूर्तिमा सन्तुलन नमिल्दा ह्वात्तै बढेको छ । त्यस्तै बाणिज्य बैंकहरुको परिसुचक आइतबार ४९.९७ अंकले बढेको छ ।

मौद्रिक नीति मार्फत बाणिज्य बैंकको चुक्तापुजँी आठ अर्व पुर्याउने समय थप गर्छ भन्ने हल्लाको भरमा बजार नियन्त्रित रहेपनि सो समयसिमा राष्ट्र बैंकले नवढाएपछि बाणिज्य बैंकहरुको सेयर मुल्य बढेको हो ।

अर्कातर्फ यसरी वाणिज्य बैंक समूहमा एकाएक उछाल आउनुको कारण ति कम्पनीहरुले गत आर्थिक बर्षमा कमाएको खुद नाफा सम्बन्धि सूचना लगानीकर्ताबीचमा चुहिन थाल्नुलाई मुख्य कारण मानिएको छ ।

सूचनामा पहुँच हुने लगानीकर्ताले बैंकहरुले गरेको आर्कषक खुद नाफाको आधारमा शेयर खरिदको क्रम बढाएकाले वाणिज्य बैंक समूहको शेयरमूल्य उचालिएको आकलन गर्न सकिन्छ ।

यसदिन तीन वाणिज्य बैंक सहित आठ कम्पनीले दश प्रतिशतको हाराहारीमा कमाएका छन् । माछापुच्छ्े बैंकको सबैभन्दा धेरै दश प्रतिशतले बढेको बजारमा बोटलर्स नेपाल, किसान माइक्रोफाइनान्स, तिनाउ डेभलपेमन्ट, जलविद्युत लगानी तथा विकास, जनउत्थान लघुवित्त, सिद्धार्थ बैंक र कृषि विकास बैंकका लगानीकर्ताले दश प्रतिशतकै हाराहारीमा कमाएका छन् । पूर्णिमा विकास र काबेलीका लगानीकर्ताले पनि झण्डै नौ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन जनता बैंक,सनराईज,मेगा,सेञ्चुरी,प्राइम,एभरेष्ट,एसबिआई, सिटिजन, इन्भेष्टमेन्ट,ग्लोाबल आइएमई,एनआइसी एशिया,सानिमा,एनएमबि, लक्ष्मी, नबिल लगायतका वाणिज्य बैकहरुको शेयरमूल्य बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ