काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले लगानीकर्तालाई चार बराबर एक (४ः१) कित्ताका दरले हकप्रद सेयर निष्कासन गरेको हो ।
नेपाल राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर रामबाबु पन्त अध्यक्ष रहेको सो कम्प्नीले हकप्रद निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
लगानीकर्ताले भदौ २० गतेसम्म हकप्रद भर्न पाउने कम्पनीले जनाएको छ । लगानीकर्ताले सेयर आवेदन फर्म बुझाउँदा प्रतिकित्ता एक सय रुपैयाँका दरले रकम बुझाउनु पर्नेछ । कम्पनीले सो दरले १२ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो ।
हाल यो कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ छ । हकप्रद निष्कासन पछि कम्पनीको चुक्ता पुँजी ६२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । लगानीकर्ताले सूर्या लाइफ इन्स्योरेन्सका शाखा कार्यालयहरु, लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वरमा आवेदन फर्म बुझाउन पाउँछन् ।
प्रतिक्रिया