वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ओटीसी मार्केटको कारोबार रकम ९०% कम,घरायसी नामसारीमा शुल्क लगाइयो

अर्थटुडे
२०७३ श्रावण ४, मंगलवार

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा सूचीकृत नभएका पब्लिक कम्पनी अनिवार्य रूपमा ओटीसीमा दर्ता हुनुपर्ने भएपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ‘ओभर द काउन्टर’ (ओटीसी) मार्केटको कारोबार शुल्क ९० प्रतिशत घटाएको छ ।nepal stock exchange

उद्योग वाणिज्य महासंघले नेपाल धितोपत्र बोर्डमार्फत ओटीसीको कारोबार शुल्क घटाउन अनुरोध गरेको थियो । नेप्सेले ओटीसीमा २५ हजार रुपैयाँसम्मको कारोबारमा ०.२ प्रतिशत कारोबार शुल्क प्रस्ताव गरेको छ । यस्तै, २५ हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.१८, ५ लाखमाथिको कारोबारमा ०.१५ प्रतिशत शुल्क लगाउने प्रस्ताव गरेको छ ।

घरायसी नामसारीमा २५ हजारसम्मको कारोबारमा ०.१५ प्रतिशत, २५ हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.१३ र ५ लाख बढीको कारोबारमा ०.१० प्रतिशत शुल्क प्रस्ताव गरी बोर्डमा पठाएको छ । यसअघि ओटीसीको घरायसी नामसारीमा शुल्क लाग्दैनथ्यो । दर्ता शुल्क नलाग्ने ओटीसीमा कारोबार तथा नामसारी शुल्क भने लाग्छ ।

यसरी शूल्क घटाइँदा समग्र ओटीसी मार्केटको प्रवद्र्धन हुन गई ओटीसीमा दर्ता हुने कम्पनीहरुको संख्या बढ्ने अपेक्षा गरिएको पनि नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ