वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीका अध्यक्षसहित ८ जना पक्राउ

अर्थटुडे
२०७१ असार १४, शनिबार

काठमाडौं । स्वर्णिम वचत तथा ऋण सहकारीका अध्यक्ष पारु (पार्वती) ध्वजू सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

policeपारुलाई ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपि दिनेश आचार्यको नेतृवमा सादा पोशाकमा गएका प्रहरीले देबेन्द्रको स्वामित्व रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मणिग्राममा गोप्य बैठक बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पारु सहित प्रहरीले सहकारीको सो संस्थाका व्यवस्थापक मनोज भट्टराईलाई पनि पक्राउ गरेको छ भने अन्य ६ जना सञ्चालक पनि पक्राउ परेका छन् । सर्वसाधारणबाट लिएको रकम आफ्नो नातेदारका व्यक्तिलाई नियमविपरित ऋण दिएको भन्दै ग्राहकहरुले केही दिन देखि सहकारी घेराउ समेत गरिरहेका छन् ।

पारु बैंकिङ कसुरमा राष्ट्र बैंकद्वारा सम्पत्ति रोक्काको कारवाहीमा परेका बैंकर देबेन्द्र ध्वजूकी श्रीमती हुन् । राष्ट्र बैंकको कारबाहीमा परेका साविक बुटवल फाइनान्स (हाल सिनर्जी फाइनान्स) का कार्यकारी अध्यक्ष ध्वजूलाई नियमभन्दा बाहिर गएर सो सहकारीले साढे ६ करोड रुपैया ऋण दिएको पाइएको छ ।
देवेन्द्रले साढे ३१ करोडको कमजोर कर्जा प्रवाह गरेको भन्दै राष्ट्र बैंकले उनको बैंक खाता रोक्का गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ