वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अग्नी एयरको दुइवटा जहाज ४७ करोडमा रामेश्वर थापाले किने

अर्थटुडे
२०७३ श्रावण १६, आईतवार

काठमाडौं । अग्नी एयरका दुई जहाँज सिम्रिक एयरले किनेको छ । अग्नी एयर प्रा.लिको नाममा रहेको पाँचमध्ये दुई जहाज सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापाले ४७ करोड रुपैयाँ तिरेर खरिद गरेका हुन् ।

अग्नी एयरका सञ्चालक सुधिर बस्नेतसँग पाँचवटा जहाँ थिए तर उनी रियलस्टेट व्यवसायमा नराम्रोसँग फसेपछि बैंकले ति जहाँजहरु लिलामी गर्ने तयारी गरेसँगै थापाले दुइवटा जहाँज खरिद गरेका हुन् ।

बस्नेतले तीन बैंकसँग सहवित्तीयकरणमा ऋण लिएर जहाज सञ्चालन गरेपनि पछि बैंकको ऋण तिर्न छाडेका थिए । क्यासफ्लो हुन छाडेपछि उनको जहाज ’ग्राउन्डेड’ थियो । थापाले दुइवर्ष अघि नै ति जहाँज लिजमा लिएर सञ्चालन गरेपनि बैंकको ऋण भने भुक्तानी गरेका थिएनन् । बैंकले ऋण असुली गर्न जहाज लिलामी प्रकृया अगाडि बढाएपछि दुई जहाज थापाले खरीद गरेका हुन् ।

जहाज घाटामा रहेको र बैंकको बाँकी बक्यौदा ऋण भुक्तानी गर्न नसकेको जानकारी थापाले गराएपछि प्रभु बैंकको नेतृत्वमा सनराइज बैंक र आइएलएफसीको सहवित्तीयकरण टोलीले लिलाम प्रकृया अगाडि बढाको थियो । लिलामी अगाडि वढेपछि थापाले पाँचमध्ये दुई जहाज छुट्टै हिसावले बिक्री गर्ने भए आफू खरीद गर्न तयार रहेको जानकारी गराएपछि बैंकहरुले थापालाई ४७ करोड रुपैयाँमा बिक्री गरेका हुन् ।

रामेश्वर थापाले केही अघि नै अग्नीका दुई जहाज खरीद गर्न बैंकसँग सम्झौता गरेपनि नगद व्यवस्थापन गर्न केही समय लगाए । अहिले प्राप्त ४७ करोडमध्ये २५ करोड रुपैयाँ मर्मत वापत दिएको रकम प्रभु बैंकले पाएको छ । ४७ करोडमा उब्रिएको २२ करोडमध्ये सहवित्तीयकरण समूहका तीन बैंक र इन्जिन धितो राख्ने सिभिल बैंकले दामासाहीमा रकम पाएका छन् ।

बैंकहरुले नागरिक उड्यान प्राधिकरण र देशभरका विभिन्न एयरपोर्टहरुलाई अग्नीले तिर्नु पर्ने करिव सवा करोड रुपैयाँ पनि ४७ करोडबाटै भुक्तानी गरिदिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ