काठमाडौं । सूचना विभाग र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा आईतबारबाट आर्थिक पत्रकारका लागि सेवाकालिन तालिम सुरु भएको छ । एक सातासम्म संचालन हुने तालिममा विभिन्न संचारमाध्यमका तीन दर्जन संचारकर्मी सहभागी छन् ।
आईतबार तालिमको उद्घाटन गर्दै संचार मन्त्रालयका सचिव सुमन प्रसाद शर्माले अन्य क्षेत्रभन्दा आर्थिक महत्वपूर्ण हुने भएकाले संवेदशिल भएर कलम चलाउन आग्रह गरे ।
सूचना विभागका महानिर्देशक लक्ष्मी विलास कोइरालाले पत्रकारिता क्षेत्र विशिष्टकृत हुदै गएकाले सोही अनुसारका तालिम कार्यक्रम आयोजना गरिएको बताए ।
सेजनका अध्यक्ष विज्ञान अधिकारीले पछिल्लो समयमा आर्थिक पत्रकारिताको तिव्र विकास भइरहेको र यस क्षेत्रमा काम गर्ने पत्रकारको क्षमता अभिवृद्धी गराउन सेजन लागिरहेको जानकारी दिए ।
तालिममा आर्थिक क्षेत्रका विज्ञहरुको प्रस्तुती रहनेछ ।
प्रतिक्रिया