काठमाडौं । नेपाली बजारमा आईतबार पनि सुनको भाउ स्थिर रही प्रतितोला ५४ हजार रुपैयाँ कारोबार भइरहेको छ ।
गत साताभर पनि सुन ५४ हजार रुपैयाँमा नै कारोबार भएको थियो । इराकमा जारी युद्धका कारण सुनको भाउ घट्ने सम्भावना नरहेको अन्तर्राष्ट्रिय संचारमाध्मले जनाएका छन् ।
यसैगरी आईतबार चाँदी भने तीन रुपैयाँ सस्तो भई प्रतितोला ८ सय ४० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया