वि.सं. २०८२ असार १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आजदेखि खुल्यो आरएमडिसीको साधारण सेयर ८ गतेसम्म आवेदन दिन सकिने

अर्थटुडे
२०७३ भाद्र ५, आईतवार

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि चार करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । सर्वसाधारणका लागि चार करोड बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले निष्कासन गर्न लागेको चार लाख कित्ता साधारण शेयरमध्ये ८ हजार कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात २० हजार कित्ता शेयर यसअघि नै सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको पनि कम्पनीले जनाएको छ । बाँकी रहेको तीन लाख ७२ हजार कित्ता शेयर मात्र सर्वसाधारणले पाउने छन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकएनआइबिएल क्यापिटलले दुई लाख कित्ता शेयरको प्रत्याभूति समेत गरेको छ ।
कम्पनीको शेयरमा कम्तिमा ५० कित्ता अर्थात ५ हजार रुपैयाँ र बढीमा ४ हजार कित्ता अर्थात चार लाख रुपैयाँँ सम्मको लागि आवेदन दिन सकिने छ ।
भदौ ५ गतेबाट खुल्ने शेयरमा छिटोमा भदौ ८ र ढिलोमा १९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयरका लागि शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटल लाजिम्पाट, नेपाल इन्भेष्टमेन्ट बैंकका विभिन्न शाखाहरु, आरएसडिसी लघुवित्तको कार्यालय लगायतका निम्न स्थानहरुबाट आवेदन दिन सकिने उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ