काठमाडौं । चालु आर्थिक वर्षमा मात्र २८ वटा बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिएर ११ वटामा झरेको छ । नेपाल राष्ट्र बैंकले वित्तिय संस्थाहरुको सङख्या बढेपनि गुणस्तर बढ्न नसकेको भन्दै मर्जर नितिमा जोड दिदै आएकोले पनि बैंक तथा वित्तिय संस्थाहरु धमाधम एक आपसमा मर्ज भएका हुन् ।
गत असार २५ गते एनआइसी बैंक र बैंक अफ एसिया एक भएका थिए भने पछिल्लो पटक आइतबारदेखि लुम्वीनी बैंक र नवदुर्गा फाइनान्स मर्ज भएर एकीकृत कारोबार सुरु गरेका छन् ।
एक आपसमा गाभिन र गाभ्नका लागि बैंक तथा वित्तिय सस्थाहरु सुहाउँदो संस्थाको खोजीमा अझै रहेका छन् । केन्द्रिय बैंकले २०७१ असार मसान्तसम्ममा बाणिज्य बैंकहरुले चुक्तापुँजी २ अर्व पुर्याउनुपर्ने बाध्यात्मक व्यवस्था गरेपछि मर्ज हुनेको सङख्या बढेको हो ।
केन्द्रिय बैंकमा अहिले मर्जरको अन्तिम र सैद्धान्तिक स्वीकृतिको लागि निवेदन दिने वित्तिय संस्थाको सङख्या २८ पुगेको छ । राष्ट्र बैंकले स्वीकृति दिएएमा ति संस्था मर्जर भएर १० वटामा झर्नेछन् ।
राष्ट्र बैंकले मर्जर नीति ल्याएपछि अहिलेसम्म ५४ वटा वित्तिय संस्था मर्ज भएर २३ वटामा झरेका छन् । (साभार कारोबार दैनिकबाट)
प्रतिक्रिया