काठमाडौं । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलभित्रै बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको छ । घटनामा परी एक जना घाइते भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
“सौर्य एअरलाइन्सको CRJ7 (Reg 9NAME) जहाज काठमाण्डूबाट स्थानीय समयानुसार बिहान ११:११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको, तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव सङ्कलन गरिएको तथा एक घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएको जानकारी गराइन्छ,” प्राधिकरणले बुधवार दिउँसो विज्ञप्तिमार्फत् भनेको छ।
प्राधिकरणका अनुसार अनुसार बिहान ११ ११ बजेमा पोखरा उडानको क्रममा उड्ने बितिकै दाहिनेतिर मोडिने क्रममा रनवेको पूर्वतिर दुर्घटनाग्रस्त भएको हो । विमानमा पाइलट मनिष रत्न शाक्य र को-पाइलट एस कटवाल रहेका थिए । पाइलट मनिषको हाल केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक आरेफ रेडा सवार थिए ।
प्रतिक्रिया