जीवनका सफल हुनका लागि कुनै गणितको शुत्र त छैन । तर अध्येताहरु भन्छन् केही नियमहरु मान्ने हो भने जीवनलाई केही हदसम्म सफल बनाउन सकिन्छ । सफलताको रहस्य भनेको कडा परिश्रम र निरन्तरको प्रयास नै हो । त्यसका लागि केही नियमहरु फलो गर्नहोस् तपाईलाई सफलता हासील गर्न सहज हुनेछ ।
बिहान छिटै उठ्नुहोस्
बिहानी भनेको दिनको सबैभन्दा बढि उत्पादक समय हो । प्रभावतमा तन र मन दुबै फ्रेस हुन्छ । बिहान ढिलो गरी उठेर अफिसबाटै आफ्नो दिनको सुरुवात गर्ने भुल नगर्नुहोस् । काममा जानुभन्दा कम्तीमा पनि २ घण्टा अघि उठ्ने बानी बसाल्नुपर्छ । बिहानै दिनभरी गर्ने कामको योजना बनाउनुहो्, त्यसको सुचिकरण गर्नहोस्, प्राथमिकता निर्धारण गरी सोही मुताविक काम गर्नुहोस् ।
व्यायाम गर्नुहोस्
जिवनमा सफल हुनका लागि जिउ पनि स्वस्थ हुनुपर्छ । यसका लागि आफुले गर्ने काममा प्रसस्त अभ्यास गर्नुका साथै मज्जाले नियमित व्यायाम गरेर शरीरलाई स्वस्थ राख्नुपर्छ । शरीर स्वस्थ्य भएपछि मात्र धेरै काम गर्न सकिन्छ ।
व्यक्तित्व शानदार बनाउनुहोस्
यदि तपाईको आत्मविश्वासको तह उच्च छ भने जिन्दगीको आधा लडाई जितिसक्नुभयो भन्ने सम्झनुस् । जब तपाईको व्यक्तित्व शानदार बनाउनुहुन्छ तब आत्मविश्वास बढ्छ । यसका लागि बोलीचाली, सरसफाई, पहिरन जस्ता विषयमा ध्यान दिनुहोस् ।
खानपान
जीवनमा सफल हुनका लागि स्वस्थ हुनु आवश्यक छ र स्वस्थ बन्नका लागि भोजनको सबैभन्दा ठूलो हात हुन्छ । त्यसैले स्वस्थकर तथा सन्तुलित भोजन लिने गर्नुपर्छ । हल्का खानुहोस् र स्वस्थ खानुहोस् ।
दैनिक आफुलाई समिक्षा गर्नुहोस्
दिनभरको काम सकेर बेलुकी ओछ्यानमा गएपछि आफ्नो दिनभरको काम समिक्षा गर्नुहोस् । विहान बनाएको योजना अनुसार काम गर्न सकियो कि सकिएन डायरी लेख्नुहोस । गल्ती गरेका कामहरु नदोर्र्याउने प्रण गर्नुहोस् र खुशीसाथ सुत्नुहोस्, सफलता नजिकै छ तपाईको ढोका ढक्ढक्याइरहेको छ ।
प्रतिक्रिया