काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन तत्कालै गराउन मागगर्दै अनसनमा बसेका विद्यार्थीका परिवारले अनसनमा बसेकाको ज्यान बचाइदिन अपिल गरेका छन् ।
अनसनमा बसेका नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटाकी श्रीमती गौरी सापकोटाले आज एक अपिल प्रकाशन गरी आफ्ना पतिको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर भएकोले उनको जीवन बचाइदिन आग्रह गरेकी हुन् ।
नेवि संघको आन्तरिक प्रजातन्त्र सुदृढ गर्न केन्द्रीय सदस्यबाट राजिनामा दिएर नयाँ महाधिवेसनको व्यापक तयारीका लागि हिँडेका आफ्ना पति अन्तिम समयमा आएर पार्टीले महाधिवेशन नै स्थगित गरेपछि त्यसको विरोधमा अनसन बसेका र जसका कारण उनको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको भन्दै पार्टीको ध्यानाकर्षण गराएकी छिन् ।
सो अनसनमा नेता सापकोटा, केन्द्रीय क्याम्पस कीर्तिपुरका पूर्व सभापति संकर पौडेललगायतका विद्यार्थी नेताहरु चार दिनदेखि अनसनमा बसेका छन् ।
उनीहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको परिवारले जनाएका छन् । उता नेपाली काँग्रेस नेतृत्वले नै पार्टीमा परामर्श गरी जतिसक्दो चाँडै महाधिवेशन गर्ने आश्वासन दिई अनसन तोड्न आग्रह गरेको भएपनि उनीहरुले अनसन तोड्न मानेका छैनन् । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेवि संघको महाधिवेशन यही २९ गतेका लागि आह्वान गरिएको भएपनि अन्तिम समयमा आएर पार्टीले नै रोकेको थियो
प्रतिक्रिया